शुक्रबार, चैत्र १६, २०८०

प्रतिनिधि सभाको बैठक माघ १६ गते आइतबार बस्दै

काठमाडौँ माघ १५
प्रतिनिधि सभाको बैठक माघ १६ आइतबार बस्दैछ । पुस ७ गते यता पटकपटक सूचना जारी गर्दै स्थगन हुँदै आएको बैठक माघ १६ गते दिउँसो १ बजेका लागि तय भएको संसद सचिवालयले जनाएको छ ।

यसअघि पुस १८ का लागि राखिएको बैठक माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनका कारण स्थगित भएको थियो भने पुस २२ गते नेकपा एमालेको बैठकका कारण बस्न सकेको थिएन । त्यसै गरी पुस २८ र माघ ३ का लागि बोलाइएको बैठक कोभिडका संक्रणको जोखिमका कारण बस्न सकेको थिएन ।

आइतवार बस्ने प्रतिनिधि सभा बैठकको एजेण्डा के हुने र अर्को बैठक कहिले बस्ने भन्ने विषयमा छलफल गर्न आइतबार बिहान ११ बजे कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाएको छ । संसद्को एजेण्डा तय गर्न नयाँ बानेश्वरस्थित संसद् भवनको शंकर हलमा परामर्श समितिको बैठक वोलाइएको हो ।