बिहिबार, चैत्र १५, २०८०

उपत्यकामा कोभिड संक्रमण कारण मृत्यु हुनेको सख्या ३ हजार नाघ्यो

काठमाडौं माघ १५ ,
पछिल्लो २४ घण्टामा पुष्टि भएका ४ हजार ९०४ जनामा संक्रमित मध्ये काठमाडौं उपत्यकामा १८ सय २० जनामा कोभिड संक्रमित रहेको मन्त्रालयले जनाएको छ। मन्त्रालयले उपत्यकामा थपिएका संक्रमित मध्ये काठमाडौं १४०४, लतिलपुर ३०५ र भक्तपुर १११ जना रहेको जनाएको छ।

त्यस्तै मन्त्रालयका योसँगै उपत्यकामा सक्रिय संक्रमितको संख्या काठमाडौंमा ३७ हजार ३४, ललितपुरमा १० हजार १२५ र भक्तपुरमा ५६०५ गरेर ५२ हजार ७६४ जना रहेको जनाएको छ । त्यस्तै उपत्यकामा कोभिड संक्रमणका कारण ३ हजार ४१७ जनाको मृत्यु भएको जाएको छ।

 त्यस्तै यसवीचमा मन्त्तालयले ५ हजार ९४२ जना संक्रमित उपचार पछि डिस्चार्ज भएका छन् भने ६ जनाको मृत्यु भएको जनाएको छ। साथै पछिल्लो समय देशभर सक्रिय संक्रमितको संख्या ८७ हजार ३२९ रहेको जानकारीदिएका छन ।