शनिबार, बैशाख १५, २०८१

छानविन समितिको प्रतिवेदनमाअनियमिताको ठहर,पशुपति धर्मशाला सञ्चालनको सम्झौता रद्द

काठमाडौं माघ १२ ,
संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेले नेपाल–भारत मैत्री पशुपति धर्मशाला सञ्चालनको सम्झौता रद्द गर्ने निर्णय गरेका छन् । मन्त्रालयमा मङ्गलबार आयोजना गरिएको पत्रकार सम्मेलनमा मन्त्री आलेले बतास समूहले सञ्चालन गर्दै आएको उक्त धर्मशालाको सम्झौता फिर्ता लिइएको जानकारी दिएको हो ।

मन्त्रीस्तरीय निर्णयबाट धर्मशाला सञ्चालनका लागि व्यावसायिक फार्म बतास समूहसँग सम्झौता रद्द भएको जानकारी दिदै पत्रकार सम्मेलनमा मन्त्री आलेले छानबिन समितिले गरेको सिफारिसका आधारमा धर्मशाला फिर्ता लिने निर्णय गरेको बताउनसभयो । प्रस्तुत सम्झौता रद्ध भएसंगै धर्मशाला बसात समूहको गिरफ्तबाट वाहिर आएको छ।

पशुपति विकास कोष र बतास समूहअन्तर्गतको होटल आनन्द प्रालिबीच सम्झौता भएर पशुपति धर्मशाला सञ्चालनमा आएको धर्मशालाको अनियमितताको सवालमा पशुपति क्षेत्र विकास समितिका कोषाध्यक्ष नारायण सुवेदीको संयोजकत्वमा गठित छानबिन समितिले धर्मशाला भाडा प्रकरणमा गरेको छानविन पछि प्राप्त प्रतिवेदनको आधारमा यस किसिमको कदम उठाइएको हो ।