बिहिबार, बैशाख १३, २०८१

जनगणनाको प्रारम्भिक नतिजा : पुरूषभन्दा ६ लाख बढी महिला ,कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८०

काठमाडौं माघ १२ ,
केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजा आज सार्वजनिक गरेको छ । विभागले आज भर्चुअल पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको प्रारम्भिक नतिजा अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ । यो २०६८ सालको तुलनामा झन्डै २७ लाख बढी हो ।

विभागले ६८ सालको असार गरिएको अध्ययनबाट प्राप्त नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५०४ थियो । यो १० वर्षमा नेपालको जनसंख्या २७ लाखले बढेको जनाएको छ ।

यद्यपी नेपालको जनसंख्या पछिल्लो ८० वर्षकै कम भएको पाइएको जनाउदै यो वर्ष सम्पन्न गरिएको जनगणनाको प्रारम्भिक तथ्यांकअनुसार नेपालको जनसंख्या वृद्धिदर कम देखिएको विभागले जनाएको छ । सार्वजनिक तथ्यांकअनुसार पुरुषको संख्या महिलाको तुलनामा कम छ । नेपालमा पुरूषभन्दा ६ लाख बढी महिला रहेको प्रारम्भिक परिणाममा देखिएको विभागले जनाएको छ।

त्यस्तै विभागले प्रादेशिक रुपमा दिइको तथ्यांकअनुसारप्रदेश १ मा ४९ लाख ७२ हजार ०२१, मधेश प्रदेशमा ६१ लाख २६ हजार २८८, बागमतीमा ६० लाख ८४ हजार ०४२, गण्डकीमा २४ लाख ७९ हजार ७४५, लुम्बिनीमा ५१ लाख २४ हजार २२५, कर्णालीमा १६ लाख ९४ हजार ८८९ र सुदूरपश्चिममा २७ लाख ११ हजार २७० जनसंख्या रहेको डेटा सार्वजनिक गरेको छ।

जनगणनाको स्थलगत कार्य पहिलो चरणको गत २०७८ भाद्र ३० देखि असोज १८ र दोस्रो चरणको २०७८ कात्तिक २५ देखि मंसिर ९ गतेसम्म भएको थियो