शनिबार, बैशाख १५, २०८१

जनगणना–२०७८ को प्रारम्भिक नतिजा आज सार्वजनिक गरिदै

काठमाडौं माघ १२ ,
केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजा आज सार्वजनिक गर्ने भएको छ। विभागले आज भर्चुअल पत्रकार सम्मेलन गरी गत मंसिरमा सम्पन्न जनगणनाको प्रारम्भिक नतिजा सार्वजनिक गर्न लागेको हो ।

जनगणनाको स्थलगत कार्य पहिलो चरणको गत २०७८ भाद्र ३० देखि असोज १८ र दोस्रो चरणको २०७८ कात्तिक २५ देखि मंसिर ९ गतेसम्म भएको थियो

सार्वजनिक प्रारम्भिक नतिजामा परिवार संख्या, महिला र पुरुषसहित जम्मा जनसंख्या कति र विदेशमा रहेकाको संख्याको फेहरिस्त डेटा आउँनेछन ।