शुक्रबार, बैशाख १४, २०८१

स्थानीय तहको निर्वाचन सार्ने कुनै पनि बहाना स्वीकार्य छैन :  नेकपा एमाले

काठमाडौ माघ ९,
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेकाले अध्यक्ष केपी ओलीले आज मुलुकको वर्तमान अवस्थाका विषयमा पार्टीको १५ बुँदे धारणा सार्वजनिक गर्नुभएको छ। यसअघि पत्रकार सम्मेलन मार्फत पार्टी गत धारणा सार्वजनिक गर्ने तयाीमा रहेको नेकपा एमालेले बढ्दो कोभिड संक्रमणको जोखिमकावीच पत्रकार सम्मेलनको क्रमम हुन सक्ने भिडभाड एवम पार्टी अध्यक्ष ओलीलाइ कोभिड संक्रमणको लक्षण देखिएसंगै लाइ दृष्टिगत गर्दै विज्ञप्ति जारी गर्दै उक्त धारणा सार्वजनिक गनुभएको हो । 

नेकपा एमालेले सार्वजनिक गरेको १५ बुँदे धारणामा वर्तमान ५ दलीय सत्ता गठबन्धनको सरकारको गतिविधिका कारण मुलुक दिनानुदिन संकटतर्फ धकेलिनुको अलावा पछिल्लो समय बढ्दो कोभिड महामारीविरुद्ध वर्तमान सरकारले केही गर्न नसकेको निष्कर्षको पहिचान गरिएको छ।

त्यस्तै जारी विज्ञप्तिमा मुलुकको संविधानले परिकपना गरेको स्थानीय तहको चुनाव हुनुपर्नेमा चुनावलाई धकेल्न अनेकन परिपञ्च रच्दै निर्वाचन गर्न सरकारले नचाहेको आरोप समेत लगाइएको छ । साथै सरकारको पछिल्लो गतिविधी मुलुकमा राजनीतिक अन्योल बडाउने उदृत रहेको टिप्पणी गरिएको छ। साथै नेपालको संविधानले स्थानीय तहको पद रिक्तताको परिकल्पना नगरेका कारण स्थानीय तहको निर्वाचन सार्ने कुनै पनि बहाना हामीलाई स्वीकार्य नभएको विज्ञप्तिमा भनिएको छ ।

त्यस्त्ै कोभिड १९ रोकथाममा संलग्न अग्रपङ्गतिका राष्ट्र सेवकलाई जोखिम भत्ता दिन, प्रतिबद्धताबमोजिम सबैलाई कोभिडविरुद्धको खोप उपलब्ध गराउन, हराएको भनिएको २४ लाख मात्रा खोपको विवरण सार्वजनिक गर्न, ललिता निवास जग्गा अनियमितता प्रकरणका दोषीलाई उन्मुक्ति नदिन आग्रह गरिएको छ ।

हेर्नुस विज्ञप्तिको पूर्णपाठ :