बुधबार, बैशाख १२, २०८१

पछिल्लो २४ घण्टामा ६ हजार ४६२ जनामा कोभिड संक्रमण, ४ को मृत्यु

काठमाडौं माघ ९,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वितेको पछिल्लो २४ घण्टामा ६ हजार ४६२ जनामा कोभिड संक्रमण पुष्टि भएको छ भने चार जना संक्रमितको मृत्यु भएको छ।

मन्त्रालयका अनुसार १३ हजार ३७७ जनाको पीसीआर परीक्षण गर्दा पाँच हजार ५९८ जना र ४ हजार ६० जनाको एन्टिजेन परीक्षण गर्दा ८६४ जनामा संक्रमण पुष्टि भएको हो ।

आइतबार मन्त्रालयले गरेको प्रेस ब्रिफिङमार्फत मन्त्रालयका सह–प्रवक्ता डा समीरकुमार अधिकारीले यसवीचमा १४१६ जना सूंक्रमित उपचार पछि डिस्चार्ज हुनभएको जानकारी दिनुभयो ।