शुक्रबार, बैशाख १४, २०८१

सूचना टाँस गर्दै राष्ट्रियसभाको बैठक माघ ३ का लागि सारियो

काठमाडौ पुस २५,
संघीय संसद सचिवालयले आगामी पुस २७ गतेका लागि बोलाइएको राष्ट्रियसभाको बैठक आइतबार सूचना सार्वजनिक गर्दै माघ ३ गतेका लागि सारिएकोछ ।

संघीय संसदका महासचिव डा। भरतराज गौतमले विशेष कारणबस बैठक सरेको जानकारी दिदै राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम ९३० बमोजिम माघ ३ गतेका लागि बैठक निर्धारण गरिएको जनाउ दिनुभएको छ।

यस अघिसमेत पुस २५ गते आइतबारका लागि बोलाइएको पूर्व निर्धारित राष्ट्रियसभाको बैठक २७ गते मंगलबार दिउँसो १ बजेका लागि निर्धारण गरिएको थियो । तर पुस २७ गतेको बैठकपनि सूचना टाँस गर्दै माघ ३ गते सोमबार दिउँसो १ बजेका सारिएको हो ।