शुक्रबार, चैत्र १६, २०८०

संक्रमितको रफ्तार बढ्यो, पछिल्लो २४ घण्टामा ११६७ जना कोभिड सङ्क्रमितको पहिचान, २ को मृत्यु

काठमाडौ पुस २५,
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ११६७ जना कोभिड सङ्क्रमित थपिएको जनाएकोछ । छन् । ८ हजार ८४८ जनामा पीसीआर परीक्षण गरिएकोमा ८४१ र ३ हजार ७८४ जनामा एन्टीजेन परीक्षण गरिएकोमा ३२६ जना गरि उल्लेखित संख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

 त्यस्तै पछिल्लो २४ घण्टामा २२४ जना संक्रमित संक्रमण मुक्त भएकोजानकारी   दिदै मन्त्रालयले सोही अवधिमा दुई जनाको मृत्यु भएको जनाएको छ । नेपालमा हालसम्म संक्रमणका कारण मृत्यु हुनेको सख्या ११ हजार ६०४ पुगेको छ भने देशभर हालसम्म छ हजार ७५५ जना सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ ।