शुक्रबार, बैशाख १४, २०८१

काठमाडौं उपत्यका फेरि कोभिड सङ्क्रणको इपिसेन्टरमा रुपान्तरण हुँदै

अस्पतालहरुमा कोभिडका विरामी भर्ना हुनेक्रमको रफ्तार बढ्दो

काठमाडौ पुस २५,
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा पहिचान भएको ११६७ जना कोभिड सङ्क्रमित मध्ये काठमाडौं उपत्यकाका मात्रै ६१५ जना संक्रमित रहेको जनाएको छ ।

मन्त्रालयकी प्रवक्ता संगीता मिश्रले काठमाडौंमा ४९१ भक्तपुरमा २५ र ललितपुरमा ९९ गरि उल्लेखित सख्यामा कोभिड संक्रमित थपिएको जानकारीदिनुभयो ।

साथै प्रवक्ता मिश्रले उपत्यकामा दिनानुदिन संक्रमण दर बढ्ने क्रम बढ्दो रहेको जनाउ सहित आवश्यकता स्वास्थ्य सतर्कता अपनाउन आग्रह समेत गनुभएको छ ।

स्मरण रहोस पछिल्लो समय केन्द्रीय अस्पतालको समन्वयमा रहेका अस्पतालहरुमा कोभिडका विरामी भर्ना हुनेक्रम रफ्तारमा बढ्ने क्रममा रहेको छ ।