शुक्रबार, चैत्र १६, २०८०

आसन्न राष्ट्रियसभा निर्वाचनः उम्मेदवारलाई चुनाव चिह्न प्रदान

सोमबारबाट लागु हुने गरि निर्वाचन आचारसंहिता समेत जारी

काठमाडौ पुस २५,
निर्वाचन आयोगले आगामी माघ १२ गते हुने राष्ट्रियसभाको रिक्त १८ सदस्यको लागि हुने निर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशनसंगै निर्वाचनका लागि चुनाव चिह्न प्रदान गरेको छ ।

आयोगले आज जारी गरेको विज्ञप्तिमा राष्ट्रियसभा निर्वाचनका लागि नेपाली काँग्रेसलाई रुख, नेकपा माओवादी केन्द्र लाई गोलाकारभित्र हँसिया हथौडा, नेकपा एकीकृत समाजवादी लाई कलम, जनता समाजवादी पार्टीलाई ढल्केको छाता, राष्ट्रिय जनमोर्चालाई गिलास चुनाव चिन्ह प्रदान गरिएको जनाइएको छ ।

यसैगरी, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उम्मेदवारका लागि सूर्य, राष्ट्रिय प्रजातन्त्र पार्टीलाइ हलो, नेमकिपालाइ मादल र लोकतान्त्रिक समाजवादी पार्टीलाई साइकल चुनाव चिह्न प्रदान गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ। यसैबीच आयोगले निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शीता तथा भयमुक्त वातावरण कायम गर्न सोमबारबाट लागु हुने गरि निर्वाचन आचारसंहिता समेत जारी गरेको छ ।