शनिबार, बैशाख १५, २०८१

माओवादी महाधिवेशन: १५सदस्यीय पदाधिकारी सहित २९९ सदस्यीय केन्द्रीय समितिको निर्वाचन हुँदै

काठमाडौं पुस १७,
सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रको ८ औं राष्ट्रिय महाधिवेशन अन्र्तगत आज १५ सदस्यीय पदाधिकारी र २९९ सदस्यीय केन्द्रीय समिति निर्वाचन हुने भएको छ। यसअघि पार्टी अध्यक्ष प्रचण्ड’को राजनीतिक प्रस्ताव पारित भए पनि विधान मस्यौदा पारित भइनसककेका ककारण विधान मस्यौदा पारित गर्नका लागि आज बिहान ११ बजेसम्मका लागि बन्दसत्र स्थगित गरिएको थियो ।

प्रवक्ता कृष्णबहादुर महराका अनुसार विधान मस्यौदामा उठेका जिज्ञासाको जवाफ नेता देवप्रसाद गुरुङले दिनुभएपछि मात्रै पारित गर्ने कार्यसूची रहेको बुझिएको छ। तयस्तै विधान पारित भएपछि मात्रै नेतृत्व चयनको विषयले प्राथमिकता पाउँने उहाँले बताउनुभयो ।

बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाधिवेशनमा प्रस्तुत ‘२१औँ शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको वैचारिक तथा राजनीतिक दस्तावेजमाथि समूहगत छलफलमा यी कमिटी सदस्य राम कार्कीर केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले राख्नुभएको भिन्न मतलाई भिन्न मत सहित २४ वटै समूहगत छलफलबाट आएका महत्वपूर्ण निष्कर्षलाई दस्तावेजमा समेट्ने विश्वास प्रतिवद्धता सहित तीनै तहका आगामी निर्वाचनपछि पार्टीको विशेष महाधिवेशन आयोजना गरेर विचारको संश्लेषण गर्ने प्रस्ताव पेश गरेसंगै अध्यक्ष प्रचण्डको तर्फबाट प्रस्तुत प्रतिवेदन हलबाट सर्वसम्मतीबाट पारित गरिएको थियो ।