बिहिबार, बैशाख २०, २०८१

नेता पौडेलसहित १० जना काँग्रेस केन्द्रीय समितिमा मनोनीत

काठमाडौं पुस १७,
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता रामचन्द्र पौडेलसहित १० जनालाई केन्द्रीय समितिमा मनोनीत गरेका छन् । कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार देउवाले पौडेलसगै विमलेन्द्र निधि, विजयकुमार गच्छदार, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, डा. प्रकाशशरण महत, डा. नारायण खड्का, सुजाता कोइराला, उमा रेग्मी र मीनबहादुर विश्वकर्मालाई केन्द्रीय सदस्य मनोनीत गरेका हुन् ।

नेता पौडेल, सिटौला, खड्का, रेग्मी र विश्वकर्माले महाधिवेशन अन्र्तगत निर्वाचनमा भाग लिएका थिएनन् । निधि र सिंह सभापातिका उम्मेदवार थिए । दोस्रो चरणको निर्वाचनमा दुबैले देउवालाई समर्थन गरेका थिए ।

गच्छदार र कोइराला उपसभापतिमा पराजित भएका हुन् भने महत महामन्त्रीमा पराजित भएका थिए । कांग्रेसमा विधानत व्यवस्था अनुरुप निर्वाचित सभापतिले ३३ जना केन्द्रीय सदस्य मनोनित गर्ने प्रावधान रहेको छ । महाधिवेशनबाट १३४ जना निर्वाचित भएका हुन् भने सभापतिका निकटम प्रतिस्पर्धी स्वत केन्द्रीय सदस्य हुने विधानको व्यवस्था छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2021
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31