बिहिबार, बैशाख ६, २०८१

पछिल्लो २४ घण्टामा ह्वात्तै बढ्यो कोभिड संक्रमित, उपत्यकामा मात्र २८५ जना

काठमाडौं पुस १७,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वितेको पछिल्लो २४ घण्टामा ३८२ जनामा कोभिड भाइरसको संक्रमण पुष्टि भएको जनाएको छ । मन्त्रालयका अनुसार ५ हजार सात जनाको पीसीआर परीक्षणको क्रममा ३४२ र १५ हजार ९५२ एन्टिजेन परीक्षणको क्रममा ४० जनामा पुष्टि भएको संक्रमण संगै उल्लेखित सख्यामा संक्रमितको पहिचान भएको हो ।

त्यस्तै मन्त्रालयल आज पहिचान भएका संक्रमितको सख्या निकै बढ्दो रुपमा पाइएको जाउदै यसअघि पहिचान भस्एका संक्रमितको पछिल्लो एक महिनामा सबैभन्दा बढी भएको जनाएको छ।

त्यस्तै शुक्रबार ७हजार ८८५ जनाको पीसीआर परीक्षण गर्दा २२४ जनामा मात्र संक्रमण पुष्टि भएको थियो । तर आज ५ हजार ७ जनाकै परीक्षणको क्रममा ३४२ संक्रमित भेटिनु भनेको खतराको सूचक भएको जनाएको छ।

साथै यसवीचमा संक्रमणका कारण कसैको पनि मृत्यु नभएको जानकारीदिनुको अलावा संक्रमणमुक्त हुनेको संख्या भने २५२ रहेको जानकारी दिएको छ । त्यस्तै आज पहिचान भएका संक्रमित मध्ये काठमाडौं जिल्लाका २४४ जना ललितपुरका ३२ र भक्तपुरमा ९ जना संक्रमित रहेका छन भने मोरङमा ८ र चितवनमा ७ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ। साथै पछिल्लो समय ११६ कोभिड संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार मन्त्रालयले जनाएको छ ।