बुधबार, बैशाख १२, २०८१

आजदेखि इस्वी संवतको नयाँ वर्ष सन् २०२२ शुरु

काठमाडों पुस १७,
ग्रेगोरियन पात्रोअनुसार आजदेखि सौरमासका आधारित इस्वी संवतको नयाँ वर्ष सन् २०२२ शुरु भएको छ ।आजबाट ग्रेगोरियन पात्रोअनुसार प्रत्येक वर्ष जनवरी पहिलो तारिख अर्थात इस्वी संवत्को वर्ष २०२२सुरु भएको हो ।

विश्वका अधिकांश मुलुकमा सो संवत् प्रचलनमा छ । इसाइ धर्मका प्रवत्र्तक जिजस क्राइस्टको सम्झनामा उनको मृत्युपछि उनका अनुयायीले सो संवत् प्रचलनमा ल्याएका हुन् ।

सो संवत् प्रचलनमा रहेका देशका नयाँ वर्षका अवसरमा रमाइलो तथा खुसीयाली मनाउनका लागि विभिन्न कार्यक्रम गरिन्छ । नेपालमा पनि नयाँ वर्ष सांस्कृतिक कार्यक्रमको आयोजना गर्दै साथी तथा आफन्त जम्मा भई खुसीयालीका साथ शुभकामना आदानप्रदान गरी मनाउँने गरेका छन् ।

यसै अवसरमा वर्ष २०२२ को शुभअवसरमा हाम्रा सम्पूर्ण पाठक तथा विज्ञापनदातामा हार्दिक शुभकामना व्यक्त गर्दछौं ।