शनिबार, बैशाख १५, २०८१

नेपालमा थप २८ जनामा ओमिक्रोन भेरियन्टको संक्रमण , स्थिती थप गम्भीर

 काठमाडौं माघ ९,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा थप २८ जनामा ओमिक्रोन भेरियन्टको संक्रमण पुष्टि भएको जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो पटक जिन सिक्वेन्सिङ गरिएको ३२ मध्‍ये २८ वटा नमुनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको हो । यस्तै ४ जनामा डेल्टा भेरिएन्ट देखिएको मन्त्रालयले जनाएको छ ।

यसअघि नेपालमा पछिल्लो समय कोभिड संक्रमितको बढ्दो रफ्तारसंगै १४ सय २६ जनाको जिन सिक्वन्सिङ गर्दा २४ जनामा ओमिक्रोन पुष्टि भएको थियो ।