बिहिबार, बैशाख १३, २०८१

आइतवार उपत्यकामा थपिए ३८ सय ७१ कोभिड संक्रमित

काठमाडौं माघ ९,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वितेको पछिल्लो २४ घण्टामा पुष्टि भएका ६ हजार ४६२ जनामा कोभिड संक्रमित मध्ये काठमाडौं उपत्यकामा मात्र ३ हजार ८ सय ७१ जनामा कोभिड संक्रमण पुष्टि भएका छन ।

स्वास्थ्य मन्त्रालयले उपत्यकामा थपिएका कोभिड संक्रमित मध्ये सबैभन्दा बडि काठमाडौंमा २८ सय ६८, ललितपुरमा ६०२ र भक्तपुरमा ३२१ जना रहेको जनाएको छ ।