शुक्रबार, बैशाख १४, २०८१

घट्यो पीसीआर परीक्षणको शुल्क,बुस्टर डोज लगाउन खोप कार्ड अनिवार्य

  सिटामोल लगायत अन्य कुनै पनि औषधिको अभाव छैन :  मन्त्रालयका सहप्रवक्त डा. अधिकारी 

काठमाडौं माघ ५ ,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड– १९ परीक्षण गर्ने पीसीआरको शुल्क घटाएको छ। घट्दो पीसीआर मुल्य अनुसार सरकारी प्रयोगशालामा ८ सय रुपियाँ र निजी प्रयोगशालामा १ हजार ५ सय रुपियाँमा कायम भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका सहप्रवक्ता डा। समिरकुमार अधिकारीले आज पत्रकार सम्मेलनमार्फत् पीसीआर परिक्षण्को शुल्क घटेको जानकारी दिदै शुल्क बुधबारदेखि नै कार्यान्वयन हुने बताउनुभयो ।  साथै उहाँले पछिल्लो समय सिटामोलको अभाव भएकोे भन्ने चर्चा चुलिएसंगै बजारमा सिटामोल लगायत अन्य कुनै पनि औषधिको अभाव नभएको जानकारी दिदै सरकारी फार्मेसीमा १ करोड भन्दा बढी मात्रामा सिटामोल रहेको बताउनुभयो साथै सिटामोललगायत अत्यवश्यक औषधिको विवरण तत्काल अध्यावधिक गर्न सरकारी अस्पताल र प्रादेशिक स्वास्थ्य
स्वास्थ्य आपूर्ति व्यवस्थापन शाखालाई निर्देशन दिइसेको बताउनुभयो ।

स्मरण रहोस, यसअघि पीसीआरको शुल्क सरकारीमा ल्यावमा १ हजार रुपैयाँ र निजीमा २ हजार रुपैयाँ तोकिएको थियो ।

यसैवीच माघ ७ गतेबाट सर्वाजनिक स्थलमा प्रवेश गर्न र सेवा लिन जाँदा र बुस्टर डोज खोप लगाउन समेत यसअघि खोप लगाएको खोप कार्ड अनिवार्य गरेको छ ।

त्यस्तै यसवीचमा यअघि खोप लगाएको खोप कार्ड हराएको गुनासो बढेसंगै मन्त्रालयले आज जारी सूचनामा हराएको खोप कार्डको प्रतिलिपि उपलब्ध गराउने र यसको लागि सेवाग्राहीले मन्त्रालयले पहिलो दुवै मात्रा खोप लगाइसकेको भए दोस्रो मात्रा लगाएको खोप केन्द्र वा खोप लगाएको स्वास्थ्य संस्था भएको पालिकाको स्वास्थ्य शाखाबाट खोप कार्डको प्रतिलिपि लिन सकिने गरेको जनाएको छ ।