शनिबार, बैशाख १५, २०८१

उपत्यकामा एकैदिन थपिए ६ हजार २६३ जना संक्रमित

काठमाडौं माघ ५ ,
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ११ हजार ३५२ जनामा कोभिड ​सङ्क्रमितको पहिचान भएको जनाएको छ । साथ आज पहिचान भएका संक्रमित मध्ये काठमाडौं उपत्यकाका मात्र ६ हजार २६३ जना संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

त्यस्तै मन्त्रालयले उपत्यकामा पहिचान भएका संक्रमित मध्ये काठमाडौंमा ४ हजार ६६६, ललितपुरमा १ हजार १९ र भक्तपुरमा ५ सय ७८ जना रहेको जनाउदै पछिल्लो समय उपत्यकामा बढ्दो संक्रमितको रफ्तारलाइ दृष्टिगत गर्दै आवश्यक स्वास्थ्य सावधानी अपनाउन सम्वद्ध सवैमा आग्रह गरेको छ। त्यस्तै ​नेपालमा  यसवीचमा ४ जनाको मृत्यु भएको जनाएकोछ ।