शुक्रबार, बैशाख ७, २०८१

सबै प्रकारका सार्वजनिक कार्यक्रम स्थगन गर्न एमालेको सर्कुलर

काठमाडौं माघ ५ ,
पछिल्लो समय कोभिड–१९ को महामारी पुनः बढेसंगै प्रमुख प्रतिपक्षीदल नेकपा एमालेले पार्टी र जनसंगठनका २५ जनाभन्दा बढी सहभागी हुने सबै प्रकारका सार्वजनिक कार्यक्रम स्थगन गरेको छ ।

एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्मराज अधिकारीले पार्टीका प्रदेश र जिल्ला अध्यक्षकोनामा आज जारी सर्कुलर जारी गर्दै कोभिड–१९ को तेस्रो लहरसम्बन्धी नेपाल सरकारले जारी गरेको स्वास्थ्य प्रोटोकललाई ध्यानमा राखेर मातहतका पार्टीका कार्यलय सञ्चालन गर्न आग्रह निर्देशन दिइएकोछ ।

त्यस्तै जारी सर्कुलरdf पार्टीको आन्तरिक बैठक, भेला, छलफल जस्ता कार्यक्रम आवश्यक सतर्कता अपनाइ आयोजना गर्न र स्थानीय नेता÷कार्यकर्ता र जनप्रतिनिधिले महामारीविरुद्ध आवश्यक सतर्कता अपनाउँदै जनताको सेवामा सक्रिय रहन पनि एमालेले आग्रह गरेको छ ।

एमालेले यही माघभित्र प्रदेशमा अधिवेशन र आगामी फागुन मसान्तभित्र जनसंगठनका महाधिवेशन संगै गत पुस २३ गते हुन नसकेको करिब २० जिल्लाको अधिवेशन समेत कोभिड जोखिमका काण प्रभावित भएका छन् ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2021
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31