शनिबार, बैशाख १५, २०८१

आजका लागि तय भएको प्रतिनिधिसभाको बैठक माघ २६ का लागि सर्यो

काठमाडौं माघ १६,
आज बस्ने तय भएको प्रतिनिधिसभा बैठक सरेको छ । कोभिड संक्रमणको जोखिम कायमै रहेको भन्दै संघीय संसद् सचिवालयले बैठक माघ २६ गतेका लागि सारेको छ ।

संसद सचिवालयका महासचिव डा.भरतराज गौतमका अनुसार प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम [३] अनुसार आइतबार दिउँसो १ बजेका लागि निर्धारण गरिएको बैठक माघ २६ गते बुधबार दिउँसो १ बजेका लागि निर्धारण गरिएको जानकारी दिनुभयो ।यसअघिसमेत  पटकपटक सूचना टाँस गर्दै  बैठक सूचना  सर्दै आएको छ ।