बिहिबार, बैशाख १३, २०८१

मुलुकमा प्रजातन्त्र स्थापना, पुनःस्थापनाका लागि जीवन आहूति दिने शहीदको सम्झना गरिदै

काठमाडौं माघ १६,
मुलुकमा तत्कालीन जहाँनिया राणा शासनविरुद्ध आवजा बुलन्द गर्दै प्रजातन्त्र स्थापना, पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने शहीदको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी शहीद दिवस मनाइँदैछ । प्रत्येक वर्ष माघ १० देखि १६ गतेसम्म मनाइने शहीद सप्ताहको अन्तिम दिन विशेष रुपमा शहीद दिवस मनाउने गरिन्छ ।

पछिल्लो समय बढ्दो कोभिड संक्रमणको जोखिमका कारण काठमाडौं महानगर प्रमुखको संयोजकत्वमा गठित मूल समारोह समितिले लैनचौरस्थित शहीद स्मारकमा प्रधानमन्त्री शेर वहादुर देउवाको प्रमुख आतिथ्यतामा विशेष स्मृति सभा सहित महान शहीदहरुप्रति श्रद्धासुमन व्यक्त गर्दैछ ।

शहीद दिवस मनाउदै गर्दा मुलकका जिम्मेवार अधिकारीबाट शहीदको सपना पूरा गर्न लागिपरेको प्रतिबद्धता व्यक्त भएपनि शहीदको सम्झनास्वरुप पुष्पगुच्छा अर्पण गर्ने औपचारिकता सिवाय शहीदको पदचाप अनुरुप कार्यमुखी योजना कार्यान्वयनको क्रम भने त्यतिकै वित्ने गरेका छन ।

राणाशासकले शहीद शुक्रराज शास्त्रीलाई विसं १९९७ माघ १० गते टेकुस्थित पचलीमा, शहीद धर्मभक्त माथेमालाई माघ १३ गते सिफलमा र गङ्गालाल श्रेष्ठ एवम् दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा मृत्युदण्ड दिएका थिए ।मुलुक र जनताका लागि भएका अधिकारका आन्दोलनमा आफूलाई समर्पित गर्ने सम्पूर्ण शहीदको माघ १६ गते सम्झना गर्ने गरिन्छ ।