बिहिबार, चैत्र १५, २०८०

शहीद दिवस : महान शहीदहरुप्रति श्रद्धासुमन अर्पण

काठमाडौं माघ १६,
मुलुकमा प्रजातन्त्र स्थापनासंगै जनताको हकाधिकारका लागि आफ्नो प्राण आहुति दिने शहीदको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी शहीद दिवस मनाइँदैछ । प्रत्येक वर्ष माघ १० देखि १६ गतेसम्म मनाइने शहीद सप्ताहको अन्तिम दिन विशेष रुपमा शहीद दिवस मनाउने गरिन्छ । पछिल्लो समय बढ्दो कोभिड संक्रमणको जोखिमका कारण काठमाडौं महानगर प्रमुखको संयोजकत्वमा गठित मूल समारोह समितिले लैनचौरस्थित शहीद स्मारकमा प्रधानमन्त्री शेर वहादुर देउवाको प्रमुखआतिथ्यतामा विशेष स्मृति सभा सहित महान शहीदहरुप्रति श्रद्धासुमन व्यक्त गर्दैछ ।

यसैवीच शहीद दिवसको अवसरमा काठमाडौं काँग्रेस वडा न. १९ इकाइले वडा न. १९ प्याफलस्थित गंगालाल चोकमा वडा न. १९को सहयोगमा स्थापना गरिएको शहीद गंगगालाल श्रेष्ठ र  सोहि वडाको यट्खाकुमारी मन्दिर परिसरमा रहेको ०४६ का अमर सहिद निर्गुण स्थापितको स्मृतिमा नेपाली काँग्रेसका नेता राजुराज जोशीको आतिथ्यतामा एक अनौपचारिक कार्यक्रमकावीच माल्यापर्ण सहित श्रद्धाञ्जली अपर्ण कार्यक्रमको आयोजा गरिएको छ। श्रद्धाञ्जली कार्यक्रमलाइ सम्बोधन गर्दै नेता जोशीले शहीदहरुको योगदान अमुल्य रहेको बताउदै शहीदहरुको योगदानका कारणनै आज मुलुक संघीय लोकतान्त्रिक बन्न सकेको बताउनुभयो ।

 

कार्यक्रममा काठमाडौं काँग्रेस क्षेत्र न. ८का क्षेत्रीय सभापति राजेश श्रेष्ठ, क्षेत्रीय सचिव पुष्कर राज पाण्डे , जिल्ला सदस्य प्रदिप शाही, काँग्रेस क्षेत्रीय प्रतिनिधी सपना राजभण्डारी जोशी, प्रसन्न खड्गी , काठमाडौं काँग्रेस क्षत्र न ८ क प्रदेशका सचिव सुशन बैध, गिरिराज दली,काठमाडौं महानगरपालिका वडा न १९ का [कावा] अध्यक्ष मधुसुदन प्रधान वडा सदस्यहरु चन्द्रमान डंगोल रञ्जिता परियार  ,रेणुकमल शाही , वडा न, १९ का काँग्रेस सभापति गोविन्द श्रेष्ठ लगायतका पदाधिकारी , युवा राजनैतिक विश्लेषक ललितध्वज खड्का , १९ वडा सरोकार मञ्चका संयोजक सुमन खड्गी , नवोदित साहित्यकार रमेशमान मुनिकार र काँग्रेस क्षेत्रीय प्रतिनिधी प्रसन्न खड्गी , गिरिराज दली, काँग्रेस वडा न. १९ इकाइका पूर्व कोषाध्यक्ष सञ्जिवभक्त श्रेष्ठ लगायत थुप्रै युवा काँग्रेसजनका साथै सर्वसाधारणले  श्रद्धाञ्जली अपर्ण गर्नुभएको थियो।