शुक्रबार, बैशाख १४, २०८१

अन्नपूर्ण र इमेज च्यानल विरुद्ध महासंघ आन्दोलित, पुस २८ मा वृहत धर्ना

काठमाडौं पुस २६ ,
नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकार ऐनअनुसारको सेवासुविधा नदिने सञ्चारमाध्यममा धर्ना दिने भएको छ । श्रमजीवी पत्रकारहरुको सेवा सुविधाका सन्दर्भमा महासंघले पटकपटक सम्वोधन गर्न पत्राचार गर्दा पनि कुनै सुनवाइ नगरेपछि महासंघले अन्नपूर्ण पोष्ट दैनिक र इमेज च्यानल टेलिभिजनमा धर्ना दिन  लागेको हो ।

महासंघका अवका चरणमा श्रमजीवी पत्रकारहरुको हकहितका लागि कानुनी र संघर्षका दुबै कार्यक्रम गर्न बाध्य भउको जाउ सहित आज जारी विज्ञप्तिमा पुस २८ गते दिउँसो १ः बजे   अन्नपूर्ण पोष्टको कार्यालय तीनकुने र दिउँसो ३ः  बजे इमेज टेलिभिजनको कार्यालय लाजिम्पाटमा धर्ना दिने कार्यक्रम तय भएको जनाएको छ ।

श्रम समस्या समाधान गर्न अटेर गर्दै महासंघले आफ्नो आग्रह र धैर्यतालाई बेवास्ता गरेसंगै महासंघ आन्दोलित हुनुको अलावा त्यस्ता सञ्चार प्रतिष्ठानलाइ कालोसूचीमा सूचीकृत गर्दै सूची सार्वजनिक गर्ने तयारीमा समेत गरेको छ।