शुक्रबार, चैत्र १६, २०८०

पृथ्वी जयन्तीको अवसरमा माल्यार्पणका लागि पूर्वराजा ज्ञानेन्द्र सिंहदरबार जाने

काठमाडौं पुस २६ ,
तत्कालीन भुरे टाकुरे राज्यमा विभाजित नेपाललाई समयको माग र आवश्यकता अनुरुप एकीकरण गरी आधुनिक नेपालको निमार्णमा महत्वपूर्ण योगदान गर्नुभएको तत्कालीन श्री ५ बडामहाराजधिराज पृथ्वी नारायण शाहको ३०० र्औं जयन्ती तथा राष्ट्रिय एकता दिवस पौष २७ गते मनाइदैछ ।

३०० र्औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राजधानीस्थित सिंहदरबारको पश्चिम ढोकास्थित उहाँको शालीकमा माल्यार्पण गर्दै श्रद्धासुमन व्यक्त गर्ने कार्यक्रमको भव्य तयारी भएको छ।

यसैक्रममा पूर्व राजा ज्ञानेन्द्र शाहले पनि ३०० र्औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस अवसरमा आफ्ना पूर्खा बडामहाराजधिराज पृथ्वी नारायण शाहको शालीकमा पुस २७ गते १२ः ३० बजे माल्यार्पण गर्दै श्रद्धासुमन व्यक्त गर्ने कार्यक्रम रहेको पुर्वराजा शाहका संवाद सचिव डा फणिराज पाठकले जानकारी दिनुभएको छ।