शुक्रबार, बैशाख १४, २०८१

सम्पदा पुननिर्माणका लागि महानगरसँग बजेटको अभाव छैन: प्रमुख शाक्य

काठमाडौ पुस १५ ,
काठमाडौ महानगरपालिका वडा १८ बिज्यापुननी, किलागलमा  निर्माणाधिन रहेको    दि प्याखं (देवी नाच) द्यः छेँ (देवघर) को  मूल ढोकाको पूजा गरिएको छ । देवघर मूल ढोकाको आज महानगर प्रमुख विद्यासुन्दर शाक्य सहितका निर्वाचित जनाप्रतिनिधीहरुले मुल ढोकाको पूजा अर्चना गर्नुभएको हो ।

पूजाअर्चना पछि महानगर प्रमुख शाक्यले महानगरमा रहेका प्रत्येक अमूर्त तथा अमूर्त सम्पदा महानगरको पहिचान भएको बताँउदै सम्पदासँग जोडिएका मूर्त सम्पदाले नै यहाँको परम्परागत एवं तान्त्रिक नाच, बाद्यबादन, श्रृङ्गारजस्ता धार्मिक, सांस्कृतिक र सामाजिक क्रियाकलापलाइ जीवन्त बनाइ राखेको बताउनुभएको छ । त्यसअर्थमा पनि महानगरले सम्पदासँग जोडिएका सबै पक्ष (मूर्त अमूर्त) जोगिने गरी पुननिर्माणका लागि राज्यकातर्फबाट लगानी गरिरहेको चर्चा गर्दै उहाँले भने हामीले बनाउँछौँ त्यसपछि संरक्षण र व्यवस्थापनका लागि सम्बन्धित गुठियारलाई जिम्मा लगाउँछौँ । साथै उहाँले सम्पदा पुननिर्माण गर्न बजेटको अभाव नभए पनि केही कानुनी र विधिगत समस्या रहेको बताउनुभयो ।

६ करोड रुपैयाँ को कल लागत हनुमान रहेको ७ तले देवी नाच) द्यः छेँ (देवघर) निर्माणको लागि काठमाडौं महानगरले कुल लागत मध्ये गएको बर्ष १ करोड रुपैयाँ र चालु आर्थिक बर्षका लागि १ करोड रुपैयाँ छुट््याएको छ । जसमध्ये २ किस्ताबाट १ करोड २८ लाख ५८ हजार रुपैयाँ प्राप्त भइसकेको र थप २५ लाख रुपैयाँ अर्को किस्तामा निकासा हुने चरणमा रहेको भवन निर्माण समितिका कोषाध्यक्ष राजा महर्जनले बताए ।

राजधानीमा मनाइने इन्द्रजात्रा पर्वको अवसरमा नचाइने देवीनाचको पृथक महत्व रहेको छ । नाचमा मुलत ७ जना पात्र क्रमस भैरव, चण्डी , भैरव र चण्डीको छोरी कुमारी , दैत्य, बेताल कवंचा र ख्याक नाच केन्द्रीत हुने गर्दछ ।

त्यस्तै नाचको विषयमा अनेकन किवदन्ती रहेपनि प्रचलित किवदन्ती अनुसार आफ्नो आराधनामबाट खुसी भएका महादेवले आराधना गर्ने दावनलाइ आफ्नाी पत्नी पार्वतीको मुखारविन्दबाट बरदान माग्न दिएको बचन लाइ उपेक्षा गर्दै स्त्रीसंग बरदान माग्न असमर्थ रहेको भन्दै दानवले किमार्थ पार्वती मार्फत बरदान नमाग्ने भनेको बचनसंगै दानवको बचनबाट आफ्नो उपेक्षा भएको भन्दै पार्वतीले अहंकारी दानवराजको बध गर्ने अठोट लिए अनुरुप भैरव र चण्डीको छोरीको स्वरुपमा जन्म लिएकी कुमारीको हातबाट ती दावनवको वध भएको र राजधानीमा मनाइने इन्द्रजात्राकोको अवसरमा गरिने श्रीकुमारी रथा यात्राको क्रममा समेत प्रस्तुत प्रसंग जोडिएको धार्मिक आख्यान पाइन्छ ।