शुक्रबार, बैशाख १४, २०८१

प्रम देउवा र डा केसीबीच चिकित्सा शिक्षा सुधारका विषयगत एजेन्दा केन्द्रीत भेटवार्ता

काठमाडौं पुस १५ ,
प्रधानमन्त्री शेरबहादुर देउवा र चिकित्सा शिक्षा सुधारका अभियन्ता डा गोविन्द केसीबीच बालुवाटारमा भेटवार्ता भएको छ। प्रधानमन्त्री सचिवालय स्रोतका अनुसार आजको भेटवार्तामा डाक्टर केसीले नेपाली चिकित्सा शिक्षा सुधारका लागि उठाउँदै आएका विषयगत एजेन्दा केन्द्रीत छलफल भएको थाहा भएको छ।

उहाहरुवीच प्रमको सरकारी निवास वालुवाटारमा भएको भेटवार्ताको क्रममा प्रधानमन्त्री देउवा, नेपाली कांग्रेसका महामन्त्री गगन थापा र डाक्टर केसीका साथै उनका टिमको सहभागीता रहेको थियो ।

भेटवार्ताको क्रममा डा केसीले भ्रष्टाचारमा मुछिएका बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पदाधिकारीलाई तत्काल बर्खास्त गरी न्यायिक छानबिन आयोग बनाएर छानबिन सुरु गर्न माग गर्नुको अलावा वैध रुपमा अतिरिक्त शुल्क असुल्ने मेडिकल कलेजहरुको सम्बन्धन खारेजी र सिटिइभिटीको उपाध्यक्षको बर्खास्तीको माग गर्नुपर्ने माघ अघि सारेका बुझिएको छ।  त्यस्तै छलफलको क्रममा डा केसीले राख्नुभएको मागको सम्बन्धमा यो समाचार तयार पार्दको समय सम्ममा पनि गहन छलफल भइरहेको थाहा भएको छ।