बुधबार, बैशाख ५, २०८१

राजधानीमा ३४ वर्षिया युवतीको ग्याङ्ग रेप  गर्ने नौ आरोपी पक्राउ

काठमाडौं पुस १५ ,
काठमाडौंको नयाँ बसपार्क मित्रनगरस्थित एक होटलमा अन्दाजी ३४ वर्षकी युवतीलाइ पुस १२ गते राती ८ बजेदेखि पुस १३ गते बिहान १० बजेसम्म १४ घण्टा बन्धक बनाएर युवतीको ग्याङ्ग रेप  गर्ने ९ जना बलात्कारीलाइ प्रहरीले पक्राउ गरेको छ।

पीडित युवतीले महानगरीय प्रहरी वृत्त बालाजुमा जाहेरी दिएसंगै सामुहिक बलात्कारको प्रस्तुत घटना सार्वजनिक हुनुो अलावा प्रहरीले तत्काल घटनाको अनुसन्धान गर्ने क्रममा क्लोज सर्किट क्यामराको सहयोगमा यसअघि आरोपीहरुमध्ये ७ जनालाई नियन्त्रणमा लिदै घटनाको थप अनुसन्धान गर्दै फरार रहेको थप दुइ जना समेतलाइ पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौका प्रवक्ता दिनेशराज मैनालीले घटना लगत्तै आवश्यक अनुसन्धानको क्रममा नौ जनानै आरोपीलाइ पक्राउ परेको जनाउदै पीडित महिलाको स्वास्थ्य परीक्षण सहित घटनाको सुक्ष्म अनुसन्धान जारी रहेको जानकारी दिनुभएको छ ।

पक्राउ परेको आरोपीहरु क्रमस रारा नगरपालिकाका हिक्मत नेपाली , रतन नेपाली, सुरेश सेजुवाल, दिपक नेपाली, शिवहरी बुढा, युवराज बडुवाल र गोपाल कुमार शिरीष मुगुका हस्त नेपाली र चन्द्र साँउद रहेका छन । त्यस्तै पक्राउ परेका आरोपी सबैले घटना स्वीकार गरको पनि प्रहरीले जानकारी दिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2021
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930