शनिबार, बैशाख १५, २०८१

राप्रपा अध्यक्षमा थापालाइ २२७ मतान्तरमा पराजित गर्दै लिङ्देन निर्वाचित

सिङ्गो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर ०६३ सालदेखि राजसंस्था बोकेर हिँडेको पुरस्कार प्राप्त भएको थापाको प्रतिक्रिया

काठमाडों मंसिर १९,
राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षका लागि शनिवार भएको निर्वाचनमा राजेन्द्र लिङ्देनले राप्रपा अध्यक्ष कमलल थापालाइ १६७ मतान्तरले पराजित गरेको छ । मतगणना परिणाम सम्बन्धी प्राप्त पछिल्लो जानकारी अनुसार अनुसार लिङ्देनले १ हजार ८४४ मत प्राप्त गर्दै गर्दा थापाले १ हजार ६७७ मत प्राप्त गरेका थिए । त्यसोत खसेको कुलल मत मध्ये ४१३ मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।

त्यस्तै निर्वाचन परिणाम सार्वजनिक भएसंगै अध्यक्षका प्रत्यासशी कमल थापाले आफ्नो पराजयलाई सहर्ष स्वीकार गर्दै सामाजिक संजालमार्फत प्रजातान्त्रिक मूल्य र मान्यता आत्मसात गर्दै राप्रपा अध्यक्ष पदको निर्वाचनमा भएको पराजय सहर्ष स्वीकार गर्दछु। नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनलाई वधाई तथा शुभकामना । प्रतिकुल परिस्थितिमा समेत हामीमाथि विश्वास र भरोसा गर्ने पार्टीका सम्पूर्ण साथीहरुमा आभारी रहेको भावना व्यक्त गरेका छन ।

त्यस्तै थापाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई लक्षित गर्दै पार्टीभित्रको महाधिवेशनमा निर्मल निवासकोको तर्फबट भएको नाङ्गो हस्तक्षेपको भत्सर्ना गर्दै आजका दिनबाट मैले राहत र उन्मुक्ति पाएको छु ।’ साथै आफ्नो पराजय आफ्नो लागि पुरस्कार भएको जनाउ दिदै उनले लेखेका छन्, ‘सिङ्गो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ सालदेखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइयो । सो एजेण्डाको मुल संवाहकलाई राजनीतिक रुपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस् । हार्दिक शुभकामना।’