बिहिबार, बैशाख १३, २०८१

निर्वाचनमा पराजय भएसंगै अध्यक्षका उम्मेदवार थापाले भने- निर्मल निवासको नांगो हस्तक्षेपको भत्सर्ना गर्दछु

काठमाडों मंसिर १९,
राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षका लागि शनिवार भएको निर्वाचनमा राजेन्द्र लिङ्देनले राप्रपा अध्यक्ष कमलल थापालाइ १६७ मतान्तरले पराजित गरेका छन ।

मतगणना परिणाम सम्बन्धी सार्वजनिक भएसंगै अध्यक्षका प्रत्यासशी कमल थापाले आफ्नो पराजयलाई सहर्ष स्वीकार गर्दै सामाजिक संजालमार्फत प्रजातान्त्रिक मूल्य र मान्यता आत्मसात गर्दै राप्रपा अध्यक्ष पदको निर्वाचनमा भएको पराजय सहर्ष स्वीकार गर्दछु। नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनलाई वधाई तथा शुभकामना । प्रतिकुल परिस्थितिमा समेत हामीमाथि विश्वास र भरोसा गर्ने पार्टीका सम्पूर्ण साथीहरुमा आभारी रहेको भावना व्यक्त गरेका छन ।

त्यस्तै समाजिक सञ्जाल मार्फत राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रतिस्पर्धामा निर्मल निवासले हस्तक्षेप गर्दै आफूलाई ‘राजनीतिकरुपमा समाप्त पार्ने चेष्टा गरिएको आरोप समेत लगाएका छन् । अध्यक्ष पदमा राजेन्द्र लिङ्देनसँगको प्रतिस्पर्धामा पराजित भएपछि थापाले यस्तो आरोप लगाएको हो ।

त्यस्तै  थापाले सामाजिक सञ्जालम लेखेका छन पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नांगो हस्तक्षेपको भ्रर्तसना गर्दछु,’ ‘सिंगो मुलुक गणतन्त्रमय भएको बेला शीरमा कफन बाँधेर २०६३ सालदेखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइयो । सो एजेण्डाको मूल संवाहकलाई राजनीतिकरुपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस् । हार्दिक शुभकामना ।’