बिहिबार, बैशाख १३, २०८१

वाग्मती प्रदेश अधिवेशन: निर्धारित समय भन्दा ८ घण्टा ढिला मतदान प्रक्रिया शुरु

काठमाडौं मंसिर १८,

हेटौंडामा जारी नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गतको वाग्मती प्रदेश अधिवेशनको मतदान प्रक्रिया निर्धारित समय भन्दा करिव ८ घण्टा ढिला गरी शुरु भएको छ । बिहान ९ बजेदेखि शुरु हुने भनिएको मतदान प्रक्रिया साँझ ५ बजेमात्र मात्र शुरु भएको हो ।

मतदान प्रक्रिया ढिला शुरु हुनुको कारण प्रष्टाउँदै निर्वाचन समितिलेउम्मेदवारको नामावली प्रकाशन र मतपत्र छपाइ कार्यमा भएको ढिलाईले गर्दा निर्धारित समयमा मतदान प्रक्रिया शुरु हुँन नसकेकोे जनाउ दिएका छन ।

यद्यपी एकदिन अघिनै उम्मेदवारको मनोनयन दर्ता कार्य सम्पन्न् भएपनि मतपत्र छपाइमा ढिलाइ हुनु भनेको आफैमा अन्यौलको विषय भएको मतदान गर्न पुगेको मतदाताहरुको भनाइ रहेको छ।

जेहोस साँझ ५ बजेबाट शुरु भएको मतदान प्रक्रिया निर्वाद रुपमा सञ्चालनमा रहेको र मतदाताहरु उत्साह मय वातावरणमा निर्वाचनमा सहभागी रहेो जनाउदै निर्वाचन समितिले मतदानको लागि हेटौंडाको वन विज्ञान अध्ययन संस्थानको खेल मैदानमा काठमाडौंका ३ वटा र अन्य जिल्लाको ६ वटा बुथ बनाइएको जानकारी दिएको छ ।