शुक्रबार, बैशाख १४, २०८१

यस्तो छ महासंघको दशौं महासभाबाट पारित ५ बुँदे निर्णय

काठमाडौं पुस १२,
विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रियको दशौं महासम्मेलन तथा महासभा सम्पन्न भएयता भए गरेको कामकारवाही संगै यसवीचमा भएका ५ बुँदे नितिगत निर्णय आइतवार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै सार्वजनिक गरिएको छ।

पत्रकार सम्मेलनमा गत मंसिर २४, २५ र २६ गते काठमाडौको कमलपोखरी स्थित माहेश्वरी भवनमा विभिन्न् सम्प्रदायका धर्मगुरुहरु, सन्त, महन्त तथा महासंघ अन्तर्राष्ट्रियका च्याप्टरहरुका प्रतिनिधिको उपस्थितिमा महासंघ अन्तर्राष्ट्रियको अध्यक्ष चयनको क्रममा विभिन्न आरोह अवरोहकावीच महासंघले कावा अध्यक्ष चयन गर्नु परेको घटनाक्रम संगै महासंघलाइ चलायमान राख्नका लागि महासभाबाट  ५ बुँदे   प्रस्ताव पारित गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

   पारित प्रस्तावमा क्रमस विधानत व्यवस्था अनुरुप  महासंघ अन्तर्राष्ट्रियको  तत्कालीन मौजुदा कार्यसमिति विघटन भइसकेको र नयाँ नेतृत्व  चयन हुन नसकेको अवस्थालाइ दृष्टिगत गर्दै यसअघि महासचिवको सफल जिम्मेवारी निर्वाह गर्दै आउनुभएका अस्मिता भण्डारीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिदै समयानुकुल उपयुक्त समयमा अधिवेशन गराउने जिम्मेवारी दिइको जानकारी दिएका छन ।

त्यस्तै महासंघ अन्तर्राष्ट्रियको सम्पन्न धर्म सभाबाट संसारकारको एक मात्रै हिन्दू अधिराज्यको पहिचानलाई अक्षुण्ण राख्न वैदिक, बौद्ध, जैन, शिख, किराँत लगायत समस्त ॐकार परिवारको सम्मान संरक्षण र सम्बद्र्धनका लागि बृहत सहकार्यसंगै महासंघको गौरवशाली इतिहासलाई आत्मसात गर्दै  मुलुकमा पछिल्लो समय बढ्दो धर्मान्तरण संगै आस्थाकै आधारमा बढ्दो आक्रमणलाइ निस्तेज बनाउन महासंघको विश्वका सबै देशमा रहेका महासंघका च्याप्टरलाई सशक्त र सक्रिय बनाउने निर्णय गरेको छ ।

त्यस्तै नेपालका सबै धार्मिक संघ संस्था र अभियन्ता लगायत हिन्दू पक्षधर समविचार राख्ने राजनीतिक शक्तिसंगको कार्यगत एकता सहित रुढीवादी परम्परा अन्धविश्वास, जातीय विभेद र सामाजिक कुरितिहरुलाई हटाउँदै, महासंघलाई उच्चतम आस्थाको केन्द्र बनाउने र हिन्दु धर्म संस्कृतिको संरक्षणका लागि एक अन्तर्राष्ट्रिय सहायता कोष ग्लोबल फन्ड स्थापना गर्ने  निर्णय समेत गरेको छ ।

पत्रकार सम्मेलनमा महासंघका कावा अध्यक्ष भण्डारी लगायतका वक्ताले सञ्चारकर्मीको जिज्ञासाको सम्बोधन गर्नुभएको थियो ।