शुक्रबार, बैशाख १४, २०८१

युट्युबमा अश्लिल सामग्री प्रसारण गर्ने मल्ल पक्राउ

काठमाडौं पुस १२,
युट्युब च्यानल मार्फत अश्लिल शीर्षक राखी अश्लिलता झल्कने सामग्री प्रसारण गरेकोअभियोगमा काठमाडौं महानगरपालिका अनामनगर बस्ने बाग्लुङ निसीखोलाका ३१ वर्षीय राम बहादुर मल्ललाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका पक्राउ परेका मल्लले साथीभाइ अनलाइन टिभि नामक युट्युब च्यानलमार्फत अश्लिल शीर्षक राखी समाजमा अश्लिलता फैलाउने किसिमका भिडियोहरु बनाई सामाजिक सञ्जालमा प्रसारण गरी विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूर गरेसंगै प्रहरीको कार्यालय साइबर ब्यूरोले निजलाइ उनलाई पक्राउ गरेको जनाकोछ ।

त्यस्तै पक्राउ परेका मल्ल उपर जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति सहित आवश्यक अनुसन्धान शुरु गरिएको ब्यूरोले जनाएको छ ।