शनिबार, बैशाख १५, २०८१

मौसममा सुधार आउँन अझै केहि समय लाग्ने, देशभर आंशिकदेखि सामान्य बदली कायमनै

काठमाडौं पुस १५ ,
आइतबारबाट नेपाल प्रवेश गरेको पश्चिमी न्यूनचापीय प्रणालीका कारण बुधबार देशभर वर्षा र हिमपात भएसंगै आजबाट पश्चिमी न्यूनचापीय प्रणालीको असर हट्दै मौसममा सुधार आउने अनुमान सहित दिउँसो घाम लाग्ने संभावना रहेो मौसम पूर्वानुमान शाखाले जनाए पनि मौसममा सुधार आउँन अझै केहि समय लाग्ने जनाएको छ।

यद्यपि, बिहान पश्चिमी न्यून चापीय प्रणाली र भारतको बिहार आसपसमा रहेको न्यून चापीय रेखाको प्रभाव रहेको छ। बिहान देशभर आंशिक छ भने थोरै स्थानमा वर्षा भइरहेको छ । उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपात भइरहेको छ ।

त्यस्तै दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने संकेत नै देखिएको जनाउदै पहाडी भूभागको थोरै स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना समेत रहेको औल्याएो छ ।

राति प्रदेश १, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ । शुक्रबार गण्डकी र प्रदेश १ एक वा दुई स्थानमा हल्का वर्षा र ती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।