बिहिबार, बैशाख १३, २०८१

सिभिल ग्रुपका अध्यक्ष तामाङ र सहकारीका अध्यक्ष श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश

काठमाडौं पुस १५ ,
सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ र सिभिल सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठलाई जिल्ला अदालत काठमाडौले पुर्पक्षका लागि थुनामा राख्दै मुद्दाको प्रक्रिया अघि बढाउन आदेश दिएको छ । अदालतले निक्षेपकर्तालाई ठगी गरेको आरोप सहितको मुद्धामा तत्काल प्राप्त प्रमाणका आधारमा तामाङसँगै सिभिल सहकारीका अध्यक्ष श्रेष्ठलाई पनि थुनामा राख्दै कारवाही प्रत्रिया अगाडी बढाउन आदेशश दिएको हो ।

जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालाको इजलासले अदालतमा हाजिर गराइएका निक्षेपकर्तालाई ठगी प्रकरणका १२ प्रतिवादीमध्ये दुई जनालाई थुनामा पठाएको छ । अन्य ९ जनालाई धरौटीमा रिहाको आदेश दिएकोछ भने एक जना साधरण तारेखमा रिहा हुने आदेश भएको जिल्ला अदालतले जनाएको छ ।

अदालतका अनुसार धरौटीमा रिहा भएका प्रतिवादीहरु मध्ये हरिहर लामिछाने ,विजयविक्रम शाही,भगवानबहादुर सिंह संग क्रमस  ५० लाख १५ लाख, र १० लाख रुपियाँ धरौटी लिदै रिहाइको आदेश भएको छ भने कस्तुभ केतन ढुङ्गाना, एलिना तुलाधर, मायानानी महर्जन र बुद्धराज तामाङ संग जनही ५ लाख रुपियाँ धरौटी माग गरेको छ । त्यस्तै शंकरप्रसाद पाठक र राकेश महर्जनसँग क्रमस दुई लाख ५० हजार र ५० हजार रुपियाँ धरौटी माग गरेको छ भने संगीत श्रेष्ठ साधरण तारेखमा रिहा गरिएको जनाएको छ।