शनिबार, बैशाख १५, २०८१

नेपाल रेडक्रस सोसाइटी केन्द्रीय समितिमा दलीय भागवण्डा सहित नयाँ समिति गठन

काठमाडौं पुस १५ ,
पछिल्लो समय एक पछि अर्को गर्दै अनियमितताको पेरिफेरीमा विवादास्पद बन्दै आएको नेपाल रेडक्रस सोसाइटीको मौजुदा केन्द्रीय समितिमा नयाँ नेतृत्व चयन गरिएको छ।

तत्कालीन केपी ओली नेतृत्वको सरकारले नेत्रप्रसाद तिमल्सीनाको अध्यक्षता गठन गरेको कार्यसमिति भंग गर्दै काँग्रेस सभापति शेर वहादुर देउवा नेतृत्वको गठबन्धन सकारले भागबण्डामा नेपाल रेडक्रस सोसाइटीको नयाँ समिति बनाएको हो ।

सत्तारुढ गठबन्धनका दलबीच भागबण्डामा गठन भएको नयाँ समितिको सभापतिमा सुर्दशन नेपाल [नेपाली काँग्रेस] चयन भएका छन् भने महामन्त्रीमा भूपतिलाल [एस पार्टी ]श्रेष्ठलाई जिम्मेवारी  दिएकोछ । त्यस्तै उपाध्यक्ष्द्दयमा [कांग्रेस र माओवादी कोटाबाट] विष्णु नेपाल र राधा नेपालीलाइ तोकिएकोछ ।

त्यस्तै कोषाध्यक्षमा कृष्णगोपाल लागेजु नेकपा माअ‍ोवादी केन्द्रको भागमा परेको छ । उप कोषाध्यक्ष भगवनी शर्मा तथा सदस्यहरुमा विनोद बस्नेत, मनोज थापा लगायत २९ सदस्यीय समिति बनाइएको छ । केन्द्रीय समितिम काँग्रेस, माअ‍ोवादी केन्द्र, नेकपा एस , जनता समाजवादी पार्टीलाई भागशान्तिमा बाडिएको थाहा भएो छ।