शनिबार, बैशाख १५, २०८१

महानगरका सहसचिव ज्ञवाली सहित एकदर्जन भन्दाबढि सहसचिवको सरुवा

काठमाडौं पुस ८,
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठले बुधवार मन्त्री स्तरीय निर्णय गर्दै  सङ्घ, प्रदेश तथा स्थानीय तहका कार्यरत   एकदर्जन भन्दा बढि सहसचिवको सरुवा गरेको छ । मन्त्रालय सम्वद्ध स्रोतका अनुसार मन्त्रालयको अतिरिक्त समूहका रहेका देवराज जोशीलाइ उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, आदिवासी जनजाति आयोगका भोला दाहाललाइ अक्तियार दुरुपयोग अनुसन्धान आयोग र आयोगका नीराजन घिमिरेको दलित आयोगमा सरुवा गरिएको थाहा भएको छ ।

त्यस्तै काठमाडौ महानगरपालिकाका राजेश्वर ज्ञवालीलाई मन्त्रालयको अतिरिक्त सूमहमा तान्दै निजको स्थानमा ​मधेसी आयोगका लोकनाथ पौडेललाई सरुवा गरिएको बुझिएकोछ । पछिल्लो समय महानगरका सहसचिव ज्ञवालीले महानगर प्रमुख समेतलाइ गुमराहमा राख्दै अनेकन बदनियत काम गर्नुको अलावा यसअघि महानगरकामा हैकम वाद चलाउदै आएका प्रशासन विभाग प्रमुख ज्ञानेन्द्र कार्कीको तजविज प्रदर्शन गरेका कारण महागरका अधिकांस कर्मचारी सहसचिव ज्ञवालीप्रति सकारात्मक बन्न नसकेको बुझिएको छ । यसवीचमा २७ औ  महानगर दिवस मनाउने क्रममा समेत सहसचिव ज्ञवालीले मन्त्री श्रेष्ठको समेत अवमुल्यन गरेकै कारण ज्ञवालीलाई मन्त्रालयको अतिरिक्तमा तानेको बुझिएकोछ ।

त्यस्तै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणकी यमुना प्रधानलाई सङ्घीय सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा र प्रदेश नम्बर १ कोसामाजिक मन्त्रालयका सचिव कमल भट्टराईको अर्थ मन्त्रालयमा सरुवा भएको जानकारी सददै स्रोतले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रशासन महाशाखा प्रमुख राजीव पोखरेललाइ श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा र निजको स्थानमा मन्त्रालयको अतिरिक्तमा रहेका रघुराम विष्टलाइ जिम्ममेवारी दिइएकोछ ।

त्यस्ैगरि मन्त्रिपरिषद् कार्यालयका सहसचिव शङ्कर नेपाललाई प्राकृतिक स्रोत तथा वित्त आयोग, कलैया उपमहानगरपालिकाका तीर्थ चिलवाललाइ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव ध्रुव गैँडालाइ बागमती प्रदेशको युवा तथा खेलकुद मन्त्रालय र नेपाल गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीलाइ बागमती प्रदेशको उद्योग मन्त्रालयमा सरुवा गरिएको जनाएकोछ ।