बिहिबार, बैशाख १३, २०८१

कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सम्पन्न निर्वाचनको अन्तिम परिणाम आज साँझ सम्ममा सार्वजनिक हुने

दलित , खस आर्य र जनजातितर्फको ३७ जना केन्द्रीय सदस्यको मतगणना करिव अन्तिम चरणमा,शुक्रवार निर्वाचित पदाधिकारी सहितका केन्द्रीय सदस्यहरुलाइ निर्वाचित प्रमाण पत्र दिने 

काठमाडौं पुस ८,
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सम्पन्न निर्वाचनको अन्तिम परिणाम आज सार्वजनिक हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले गरि दलिततर्फको ९, खस आर्यतर्फ १३ र जनजातितर्फ १५ जनासहित ३७ जनाको केन्द्रीय सदस्यको मतगणना पार्टी मुख्यालयमा जारी रहेको जनाएको छ। मतगणनाको क्रम करिव करिव आधाआधी सकिसकेको जनाउदै निर्वाचन समितिले आज अवेर साँझ सम्मा सवै परिणाम सार्वजनिक गर्ने तयारी गरेको होे ।

काँग्रेस मुख्यालयका अनुसार शुक्रवार निर्वाचित पदाधिकारी सहितका केन्द्रीय सदस्यहरुलाइ निर्वाचित प्रमाण पत्र दिने कार्यक्रम तय हुनुको अलवा निर्वाचन आयोगले दल दर्ताको लागि तोकेको समयसिमा समेत सकिन लागेको अवस्थालाइ दृष्टिगत गर्दै पुस १० गते नवनिर्वाचित केद्रीय समितिको बैठक समेत आव्हान गरिएको छ ।

त्यस्तै निर्वाचन समितिले बुधवार सम्ममा १३४ मध्ये पदाधिकारी सहित ९७ पदको मतपरिणाम औपचारिकरुपमा घोषणा भइसकेको र बाँकी ३७ पदको मतपरिणाम मात्र घोषणा हुन बाँकी रहेको जनाएको छ । काँग्रेस केन्द्रीय समितिमा निर्वाचित पदाधिकारीसहित केन्द्रीय सदस्यको संख्या १३४ जनाको हुने छ । यसमा एक कोषाध्यक्ष र सभापतिले मनोनित गर्ने बाँकी ३३ थप केन्द्रीय सदस्य समेत गरि कुल १६७ सदस्यीय हुने छ ।