बिहिबार, चैत्र १५, २०८०

नव निर्वाचित काँग्रेस केन्द्रीय समितिको पहिलो बैठक पुस १०मा बस्ने तयारी

काठमाडौं पुस ७ ,
आगामी पुस १० गते नव निर्वाचित नेपाली काँग्रेस केन्द्रीय समितिको पहिलो बैठक बस्ने भएको छ ।काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले १४ औं महाविधेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक पुस १० गते शनिबार बस्ने गरी तयारी भइरहेको जानकारी दिनएकोहो ।

‘बिहीबार मतगणना सकिएपछि ९ गते शुक्रबार सभापतिसहितका पदाधिकारी र केन्द्रीय कार्यसमिति सदस्यलाई केन्द्ीय निर्वाचन समितिले प्रमाणपत्र वितरण गर्ने कार्यक्रमतय भएको र त्यसलगत्तै पुस १० गते केन्द्रीय कार्यसमितिको पहिलो बैठक बस्ने तयारी गरिएको हो ।

काँग्रेसको १६७ सदस्यीय केन्द्रीय कार्यसमितिमध्ये सभापति, २ उपसभापति, २ महामन्त्री र ८ सहमहामन्त्रीसहित १३४ सदस्य निर्वाचित भएका छन् भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट कोषाध्यक्ष संग भिापतिले थप ३३ जना केन्द्रीय सदस्य पनि मनोनित गर्ने काँग्रेसको विधानत व्यवस्था रहेको छ ।