शनिबार, बैशाख १५, २०८१

भारतको २२ राज्यमा ओमिक्रोन भेरियन्टको प्रभाव, सबैभन्दा धेरै दिल्लीमा

काठमाडौं पुस १६,
कोभिड १९ को नयाँ ओमिक्रोन भेरियन्ट भारतको २२ राज्यमा फैलिएको छ । शुक्रबार बिहारमा एक जनामा ओमिक्रोनको संक्रमण पुष्टि भएसँगै यो भेरियन्ट २२ राज्यमा फैलिएको हो ।

 पछिल्लो २४ घण्टामा १८० जनामा ओमिक्रोन संक्रमित पुष्टि भएको भारतीय समाचार माध्यमले जनाएका छन् । योसँगै ओमिक्रोनका संक्रमितको संख्या १ हजार २७० पुगेको छ । यसमध्ये सबैभन्दा धेरै दिल्लीमा २६३ जना र महाराष्ट्रमा २५२ जना संक्रमित पहिचान भएको भारतीय समाचार माध्यमले जनाएको छ।

यसैबीच बिहारका मुख्यमन्त्री नितिश कुमारले बिहारमा ओमिक्रोन संक्रमित भेटिएसंगै तेस्रो लहर सुरु भएको जनाउ सहित यसको लागि आवश्यक स्वास्थ्य सावधानी अपनाउँन सवैमा आग्रह गरेको छ।