शनिबार, बैशाख ८, २०८१

वर्ष २०२१ नेपाली पत्रकारिता क्षेत्रका लागि चुनौतीपूर्ण, प्रेस स्वतन्त्रता हननका घटनामा बढ्त्तोरी: महासंघ

६२ वटा प्रेस स्वतन्त्रता हननका घटनाबाट  १९० जना पत्रकार पीडित भएका छन् भने ४ सञ्चारमाध्यम प्रभावित

काठमाडौं पुस १६,
नेपाल पत्रकार महासंघले सन् २०२१ पनि नेपाली पत्रकारिता क्षेत्रका लागि चुनौतीपूर्ण वर्ष रहेको जनाएको छ । तुलानात्मक रूपमा यस वर्ष अघिल्लो वर्षभन्दा प्रेस स्वतन्त्रता हननका घटना बढेको सूचाङ्कन महासंघको अभिलेखीकरण रहेको जनाउदै ०२१ जनवरी १ देखि डिसेम्बर ३१ बिहान ११ः०० बजेसम्म ६२ वटा प्रेस स्वतन्त्रता हननका घटना भएका महासंघले जनाएको छ ।

त्यस्तै महासंघको अभिलेखअनुसार सन् २०२० मा ५२ वटा प्रेस स्वतन्त्रता हनन्का घटनामा बढ्त्तोरी हुँदै सन् २०२१ जनवरी १ देखि डिसेम्बर ३१ सम्म भएका ६२ वटा प्रेस स्वतन्त्रता हननका घटनाबाट १९० जना पत्रकार पीडित भएका छन् भने ४ सञ्चारमाध्यम प्रभावित हुन पुगेको जनाएको छ।

त्यस्तै वर्ष २०२१ मा पत्रकारमाथि ३२ वटा धम्की तथा दुव्र्यवहारका घटना घटेका छन् भने पेशागत असुरक्षाका १० वटा घटना भएका छन् । त्यस्तै, कब्जा र अवरोधका १० वटा घटना भएका छन् भने पत्रकार आक्रमणका ५ वटा घटना भएको महासंघले जनाएको छ। त्यस्त्े पत्रकार गिरफ्तारीका ४ वटा घटना भए भने नीतिगत बन्देजको १ घटना भएको महासंघको अभिलेखमा असभलिखिकरण भएको जनाएको छ ।

समग्रमा वर्ष २०२१ मा समाचारका विषयलाई लिएर वा समाचार संकलनमा क्रममा विभिन्न पक्षबाट भएका धम्की, आक्रमण, दुव्र्यवहारलगायतका घटनाबाट पत्रकार तथा सञ्चारमाध्यम पीडित हुन जनाउदै भ्रष्टाचार, अनियमिततालगायतका समाचार लेख्दा वा प्रसारण गर्दा पत्रकार र सञ्चारमाध्यमले यस्तो समस्या बेहोर्नु परेको महासंघका महासचिव रोशन पुरीद्दारा जारी विज्ञव्तिमा उल्लेख गरिएको छ ।

त्यस्ते विज्ञप्तिमा विभिन्न समूहले गरेको विरोध प्रदर्शनको समाचार संकलनका क्रममा प्रहरीको लाठी प्रहारबाट पत्रकारहरू घाइते हुनको अलावा संसद्, संसदीय समितिका बैठक, मन्त्रीहरूको सपथग्रहण वा विभिन्न राजनीतिक दलका महाधिवेशनलगायतमा पत्रकारलाई समाचार संकलनका क्रममा अवरोध गरिने तथा रोक लगाउने कामले विगतमा जस्तै यसवर्ष पनि निरन्तरता पाएको जनाएको छ ।

त्यस्तै संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्ताविरुद्ध रहेका विचाराधीन यी कानूनले नेपालको संविधानले प्रत्याभूत गरेको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्थालाईसमेत चुनौती दिदै यो वर्ष संघ, प्रदेश र स्थानीय सरकारबाट प्रेसविरोधी प्रावधानसहितका सञ्चारसम्बन्धी विभिन्न कानुनहरू बनाउने तथा संसद्मा दर्ता गर्ने काम भएसंगै संविधानले प्रत्याभूत गरेको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्थामाथि संकट सिर्जना भएको जनाउएकोछ ।

त्यस्तै वर्ष २०२१ मा कोभिड संक्रमणको जोखिमबाट त्रकार प्रभावित भएका छन् । महामारी सुरु भएसँगै अहिलेसम्म २६ जना पत्रकार तथा सञ्चारकर्मीले ज्यान गुमाएका छन् । त्यसमध्ये सन् २०२१ मा २१ जना पत्रकार तथा सञ्चारकर्मीको ज्यान गएको महासंघले जनाएको छ ।

साथै कोभिडको बहानामा विभिन्न सञ्चारगृहबाट ३५० जना पत्रकारलाई नियमित तलब नदिने, बेतलवी विदामा राख्ने र जागिरबाट निष्कासन गर्ने काम भएकोमा झण्डै ३ सय जना पत्रकारको समस्या सम्बोधन भएको छ भने ५० जना पत्रकारको समस्या समाधानका लागि महासंघले कानूनी तथा दबाबमूलक पहल गरिरहेको जनाएको छ ।