शुक्रबार, बैशाख १४, २०८१

शुक्रवार थप २३५ जनामा कोभिड संक्रमण , ४को मृत्यु

काठमाडौं पुस १६,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले पछिल्लो २४ घण्टामा थप २३५ जनामा कोभिड संक्रमण पुष्टि भएको जनाएको छ । मन्त्रालयका ७ हजार ८८५ जनाको पीसीआर परीक्षणको क्रममा २२४ जना र १ हजार १९९ जनाको एन्टीजेन परीक्षण गर्दा ६ जना गरी २३५ जनामा संक्रमण पुष्टि भएको जनाएको छ ।

त्यस्तै शुक्रबार थपिएका कोभिड संक्रमण संगै नेपालमा संक्रमितको कुल संख्या ९ लाख २४ हजार ६३३ पुगेको छ भने वितेको २४ घण्टामा ४ जना संक्रमितको मृत्‍यु भएसंगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ५९४ पुगेको छ । त्यस्ते यसवीचमा २१२ जना संक्रमित संक्रमणमुक्त भएसंगै संक्रमण मुक्त हुनेको सख्या ८ लाख ११ हजार ९५८ जना पुगेको मन्त्रालयले जनाएको छ ।

साथै कुल संक्रमित मध्ये देशभर ४ हजार ८७९ जनामा कोभिडको सक्रिय संक्रमण रहेको र यसमध्ये ८९ जनाको आईसीयू र २४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जानकारी दिएको छ।