बुधबार, बैशाख १२, २०८१

म.प.बैठकको निर्णय: बलाधिकृत रथी कार्कीलाई कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी दिन सिफारिस

काठमाडौं पुस १६,
पुस १४ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न् मन्त्रालयको तर्फबाट प्रस्तुत प्रस्ताव उपर आवश्यक छलफल पछि भएको ९ बुँदे निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्र कार्कीले बैठकले नेपाली सेनाका बलाधिकृत रथी बालकृष्ण कार्कीलाई कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी दिन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको जानकारी दिदै उहाले प्रधानसेनापति प्रभुराम शर्मा पुस १८ देखि ३० गतेसम्म घर बिदामा बस्नुहुने भएपछि बलाधिकृत रथी कार्कीलाई सेनाको कायममुकायम प्रधानसेनापतिको कार्यभार दिने निर्णय भएको बताउनुभयो ।

त्यस्तै, बैठकले निर्वाचन आयोगसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय संगै आदिकवि भानुभक्त आचार्यको जन्मस्थल विकास समिति अध्यक्षमा भानु नगरपालिका – ४ तनहुँ निवासी श्रीराम पन्त र कार्यकारी निर्देशकमा श्रीशङ्कर रानाभाटलाई नियुक्ति गर्ने निर्णय भएको बताउनुभयो ।

त्यस्ते बैठकल शिक्षा विज्ञान तथा प्रविधी मन्त्रालयको प्रस्ताव अन्र्तगत चिकित्सा शिक्षाको स्नातक तहमा चीनलागायतका मुलुकका विद्यालयमा भर्ना भएका विद्यार्थीहरुको बाँकी रहेको प्रयोगात्मक परीक्षा पूरा गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय र कृषि तथा पशुपन्छी मन्त्रालयको प्रस्तावमा नेपाली कृषि सेवाका वरिष्ठ माटो विज्ञ डा. गङ्गादत्त आचार्यलाई सार्क एग्रिकचल सेन्टर, ढाकामा वरिष्ठ कार्यक्रम विशेषज्ञ पदमा काम गर्न काजमा खटाउने निर्णय भएको जानकारी दिनुभयो ।

निर्वाचन आयोगसम्बन्धी विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय पनि बैठकले गरेको प्रवक्ता कार्कीले जानकारी दिनुभयो । यसैगरी, सुर्खेत जिल्लाको साविक लेकफर्सा काफर कोर्ट र पराजुल गाविसको जग्गा प्रशासनसम्बन्धी काम मालपोत तथा नापी कार्यालय मेहलकुना सुर्खेतलाई हस्तान्तरण गरेर सेवा सञ्चालन गर्न स्वीकृत दिने निर्णय सरकारले गरेको छ ।