शनिबार, बैशाख १५, २०८१

बागमती प्रदेशका मुख्यमन्त्री पाण्डे नेतृत्वको मन्त्रिपरिषद् विस्तार

काठमाडौं मंसिर २८, 
बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आज आफु नेतृत्वको मन्त्रिपरिषद्मा पाँच मन्त्री र एक राज्यमन्त्री थप गर्दै मन्त्रिपरिषद् विस्तार गरेका छन् । यो विस्तारसँगै मन्त्रिपरिषद् ११ सदस्यीय बनेको छ ।

मुख्यमन्त्री पाण्डेले गठबन्धन दलका माओवादी केन्द्रको तर्फबाट घनश्याम दाहाललाई श्रम रोजगार तथा यातायातमन्त्री, विशाल खड्कालाई वन तथा वातावरण मन्त्री र रत्नप्रसाद ढकाललाई युवा तथा खेलकुदमन्त्रीमा ३ मन्त्री र एक राज्यमन्त्री तथा नेकपा एसका तर्फबाट वसन्तकुमार मानन्धरलाई खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री, बसुन्धरा हुमागाईंलाई कृषि तथा पशुपछीमन्त्री र इन्द्रमाया गुरुङलाई कृषि तथा पशुपछी राज्यमन्त्रीमा नियुक्त गरेको हो ।

​नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीले आजै पद तथा गोपनियताको शपथ लिएका छन् । प्रदेश प्रमुखको कार्यालय प्राङ्गणमा आज साँझ आयोजित समारोहमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले नवनियुक्त मन्त्रीलाई र मुख्यमन्त्री पाण्डेले राज्यमन्त्रीलाई शपथ ग्रहण गराएका हुन् ।