बिहिबार, चैत्र १५, २०८०

२६४ जनामा कोभिड संक्रमण हुँदै गर्दा ३६२ जना संक्रमण मुक्त

काठमाडौं मंसिर २८,
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पछिल्लो २४ घण्टामा २६४ जनामा कोभिड भाइरस संक्रमण पुष्टि भएको जनाएकोछ ।

मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा ९३९२ जनाको पीसीआर परीक्षणको क्रममा २२९ जना र ४ हजार ३१७ जनाको एन्टिजेन परीक्षणको क्रममा ३५ जना गरी २६४ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै यसवीचमा संक्रमणमुक्त हुनेको संख्या ३६२ रहेको छ भने २ जनाको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ।