शनिबार, बैशाख १५, २०८१

सर्वोच्च प्रकरण:  प्रधानमन्त्री देउवा र  बार पदाधिकारीबीच विशेष भेटवार्ता , दुई तीन दिनमै निकास दिने प्रमको जनाउ

काठमाडौं मंसिर १०,
सर्वोच्च न्यायालयको विवादको निकासका सन्दर्भमा प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल बार एसोसिएसनका पदाधिकारीबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा विशेष छलफल भएको छ ।

प्रधानमन्त्रीसँग छलफल पछि बार महासचिव लीलामणि पौडेलले भने, ‘सर्वोच्च अदालतमा देखिको समस्याको निकासका लागि सरकारका आवश्यक पहलका लागि प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएको जानकारी दिदै बारले गत ६ गते सभामुख र राजनीतिक दलको संसदीय दलको कार्यालयमा बुझाएको ज्ञापनपत्र प्रधानमन्त्रीलाई पनि बुझाएको जानकारी दिनुभयो ।

त्यस्तै बारका पदाधिकारीसँगको छलफल पछि प्रधानमन्त्री देउवाले सत्ता साझेदार दलवीच प्रधानमन्त्री सल्लाह गरेर दुई तीन दिनमै निकास दिने जनाउ दिनुभएको महासचिव पौडेलले थप प्रतिक्रिया सहित भने प्रधानन्यायाधीशको राजीनामा मात्रै एक उत्तम विकल्प भएको बताउनुभयो । त्यस्तै  बार अध्यक्ष श्रेष्ठले आजको छलफल पछि बारको मागका विषयमा प्रधानमन्त्री गमभीर रहेको जनाउ दिदै एकाध दिनमै निकास पहिल्याँने बताउँनु भएको जानकारी दिनुभयो ।