बिहिबार, बैशाख ६, २०८१

प्रहरीमा जागिर खुल्यो, कार्यालय सहयोगीदेखि इन्स्पेक्टरसम्मको दरखास्तआव्हान

काठमाडौ मंसिर १०,
नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ रिक्त प्रहरी निरीक्षक र प्रहरी जवान तथा प्रहरी कार्यालय सहयोगी पदमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्न नयाँ भर्नाका लागि दरखास्त आव्हान गरिएको छ । दरखास्त आव्हान गरिएका पदमाहरुमा प्रहरी निरीक्षक का लागि १ सय ४६ जना, प्रहरी जवानका लागि १ हजार ९ सय ७१ जना र प्रहरी कार्यालय सहयोगीमा २ सय ३ जना गरी जम्मा २ हजार ३ सय २० जना रहेका छन ।

प्रहरी निरीक्षक पदका लागि महानगरीय प्रहरी कार्यालय रानीपोखरी तथा ७ वटै प्रदेश प्रहरी कार्यालयहरू, प्रहरी जवान र प्रहरी कार्यालय सहयोगी पदका लागि महानगरीय प्रहरी परिसरहरु काठमाडौं, भक्तपुर र ललितपुर, ७ वटै प्रदेश प्रहरी तालिम केन्द्रहरु विराटनगर, जनकपुर [हाल राजविराज सप्तरी], दुधौली सिन्धुली, पोखरा, बुटवल, सुर्खेत [हाल नेपालगंज] र दिपायल तथा ७७ वटै जिल्ला प्रहरी कार्यालयहरुमा दरखास्त फारम लिन र बुझाउन सकिने छ । नयाँ भर्ना हुन इच्छुक नागरिकहरुले मंसिर १९ गतेदेखि पुस २३ गतेसम्म सम्बन्धित कार्यालयहरुमा कार्यालय समयभित्र दरखास्त फारम लिन तथा बुझाउन सक्ने    नेपाल प्रहरीले जनाएको छ।
यसको लागि थप जानकारी   विवरण सहितको सूचना तथा सम्बन्धीत पदको पाठ्यक्रम नेपाल प्रहरीको वेबसाइटमा  राखिएको छ ।