बुधबार, बैशाख १२, २०८१

बाँके निर्वाचन क्षेत्र नम्बर १ को सभापतिमा पत्रकार केसी निर्वाचित

काठमाडौं मंसिर १०,
नेपाली काँग्रेस बाँके सङ्घीय निर्वाचन क्षेत्र नम्बर १ को सभापतिमा नेपाल पत्रकार महासंघको पूर्व महासचिव समेत रहेका चर्चित पत्रकार पोषण केसी निर्वाचित भएका छन्।
मतगणनाको अन्तिम परिणाम अनुसार सभापतिमा निर्वाचित केसीले ३१६ मत प्राप्त गर्दै गर्दा निकटम प्रतिस्प्रर्धी माधवराम खत्रीले २६९ मत पाएको छन । त्यस्तै सचिव र सहसचिवमा केसी प्यानलबाट खुम बहादुर बस्नेत र रामबहादुर रावत निर्वाचित भएका छन भने खत्री प्यानलबाट जयश्वर पौडेल तथा दीपेन्द्र उप्रेती निर्वाचित भएका छन्।