शनिबार, बैशाख १५, २०८१

पाँचदलीय गठबन्धनका शीर्ष नेतृत्वको आज साँझ बैठक बस्दै, सरकार सञ्चालनका लागि समन्वय समिति बनाउने तयारी

काठमाडौं कात्तिक २२ ,
काग्रेस नेतृत्वको गठबन्धन सरकारले सरकार सञ्चालनमा सहयोग गर्न समन्वय समिति बनाउने भएका छन् । पाँचदलीय गठबन्धनका शीर्ष नेताहरुको आज साँझ बस्ने बैठककले नितिगत रुपमा निर्णय गर्ने तयारी गरेको बुझिएको छ।

यसअघि शीर्ष नेतृत्वको उपस्थितीमा उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउने तयारी भएसंगै शुरु भएको विरोघका कारण त्यहि अवधारणामा केन्द्रीत हुँदै समन्वय समितिमा रुपान्तरण गरिएको थाहा भएको छ ।

यहि मेसामो गठबन्धनदलकोशिर्ष नेतृत्ववीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकले नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका नेताहरु रहेको कार्यदलले सरकार सञ्चालनसम्न्धी कार्यविधिको निरुपण गर्दै समसामयिक राजनैतिक परिदृष्यमाथिको छलफल पछि समन्वय समितिको अवधारणालाइ मुर्तता दिने बताइएको छ ।

स्मरण रहोस, गठबन्धनका ५ मध्ये ४दल सरकारमा छन् भने राष्ट्रिय जनमोर्चा सरकारमा सहभागी भएका छैन ।  आज विहान   प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डवीच  पनि विशेष   भेटवार्ता भएको  थियो ।