शुक्रबार, बैशाख ७, २०८१

वागमतीका मुख्यमन्त्री पाण्डेलाइ विस्वासको मत प्राप्त , पक्षमा ५९, विपक्षमा ४३ मत

काठमाडौं कात्तिक २२ ,
वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले प्रदेशसभामा विश्वासको मतका लागि गरेको अपिल पारित भएको छ । बाग्मती प्रदेशको आज बसेको बैठकमा मुख्यमन्त्री पाण्डेले विश्वासको मतका लागि गरेको अपिल को मत विभाजन गर्ने क्रममा बैठकमा उपस्थित १०४ मध्ये प्रस्तावको पक्षमा ५९, विपक्षमा ४३ र तटस्थ दुई मत परेको हो । यद्यपी विश्वासको मत पारितका लागि आवश्यक बहुमत सख्या अन्र्तगत ५५ हो । योसंगै सभामुख श्रेष्ठले प्रस्तावको पक्षमा परेको ५९ मत बहुमत रहेकाले मुख्यमन्त्री पाण्डेले राखेको विश्वासको मतको प्रस्ताव बहुमतले पारित भएको घोषणा गर्नुभएको हो ।

यसअघि एमाले विभाजनसंगै अल्पमतमा परेकी मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्यले राजीनामा दिएपछि गठबन्धनको समर्थनमा पाण्डे ११ कात्तिकमा मुख्यमन्त्रीमा नियुक्त भएको हो । मुख्यमन्त्री नियुक्त भएको ३० दिन भित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार आजको बसेको प्रदेशसभाबाट विश्वासको मत प्राप्त गनुर्भ भएको हो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2021
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031